२८ दिनपछि अस्पतालबाट घर फर्किन् लता मंगेशकर

वरिष्ठ गायिका लता मंगेशकर २८ दिनकाे अस्पताल बसाईपछि घर फर्केकी छन्। उनी आइतबार साँझ प्रशंसक र शुभचिन्तकको स्वागत सत्कारसहित घर ‘प्रभु कुञ्ज’ फिरेकी हुन्।

उनी घर फिरेपनि उनलाई भेट्न भने चिकित्सकले अनुमति दिएका छैनन्। लताले केही समयसम्म कसैलाई पनि भेट्ने छैनन्। उनकाे परिवारका अनुसार लतालाई कुनै पनि तनाबमा राख्नु हुँदैन। उनको विशेष ख्याल राख्न जरुरी छ।

लता ११ नोभेम्बरमा अस्पतालमा भर्ना भएकी थिइन्। उनको फोक्सोमा संक्रमण भएको थियो। उनको स्वास्थ्य अवस्था जटिल हुँदा उनको मृत्यु भएको झुठो खबर सार्वजनिक भएको थियो।

सामाजिक सञ्जाल विशेषगरी ट्वीटरमा उनको मृत्यु खबर भाइरल नै भएको थियो। लताले भने होसमा आएपछि सकारात्मक प्रतिक्रिया दिएकी थिइन्। उनले भनेकी थिइन्, ‘मलाई सधैँजसो सामाजिक सञ्जालमा मार्ने गरेका छन्, तर मलाई लाग्छ, यसले मेरो जीवनमा केही वर्ष थपेको छ।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्