साग विजेतालाई प्रदेश-३ सरकारले नगदसहित सम्‍मान गर्ने

काठमाडौं-प्रदेश नं ३ सरकारले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश -३ का पदक विजेता खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको छ।

प्रदेश नं ३ सरकारको सोमबार बसेको बैठकले स्वर्ण ल्‍याउने पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत ल्‍याउने खेलाडीलाई जनही ५० हजार र कास्य ल्याउने खेलाडीलाई २५ हजारसहित सम्‍मान र प्रोत्साहन गर्ने भएको प्रदेश-३ का प्रेस रजिस्ट्रा रेवती सापकोटाले जानकारी दिए।

 

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्