रुसलाई चार वर्ष ओलम्पिक र विश्‍वकप फुटबलमा भाग लिनबाट प्रतिबन्ध

काठमाडौं-विश्‍व डोपिङ्ग एजेन्सी (वाडा)ले ओलम्पिक तथा विश्‍वकप फुटबलमा भाग लिनबाट प्रतिबन्ध लगाएको छ।

रुसको सबै प्रमुख खेल प्रतियोगिताहरुमा भाग लिनबाट चार वर्ष प्रतिबन्ध लगाएपछि आउँदो वर्ष टोक्योमा हुने ओलम्पिक र सन् २०२२मा कतारमा हुने विश्‍वकप फुटबलमा रुसको राष्ट्रिय झण्डा र राष्ट्रिय गान नबज्‍ने भएको छ।

तर, जुन खेलाडि डोपिङ कार्डभन्दा बाहिर छन् उसले भनेर तटस्थ झण्डामुनि बसेर खेल प्रतियोगीतामा भाग लिन सक्‍नेछन्। स्विटजरल्याण्डका लुसानेमा बसेको वाडाको कार्यकारी समितिको बैठकमा यस्तो प्रस्ताव पारित गरिएको छ।

वाडाको यो फैसला रुकोको डोपिङ रोधी एजेन्सी (रुसाडा)को गैर-जिम्‍मेवारी व्‍यवहारपछि आएको हो। जनवरी सन् २०१९मा देखाइएको रुसाडाले जाँचकर्ताले दिएको तथ्यांकमा हेरफेर गरेका थिए।

कुन प्रतियोगीतामा भाग लिनेछन् रुस ?

राज्‍यले प्रायोजन गरेको डोपिङ कार्डको समक्ष आउने वित्तिकै वाडाले रुसमाथि तीन वर्षको प्रतिबन्ध लगाउको थियो, त्यसपछि सन् २०१८मा रुसको डोपिङ एजेन्सीले वाडाको उक्त शर्तमा आफ्नो तथ्यांक दिएको थियो।त्यतिबेला भने रुसलाई प्रतिबन्धबाट हटाइएको थियो।

अब वाडाको उक्त प्रतिबन्धविरुद्ध अपील गर्नको लागि रुससँग मात्र २१ दिनको समय छ।

यस्तै सन् २०१४मा शीतकालिन ओलम्पिकको दौरानमा रुसमाथि प्रतिबन्ध लगाइएको थियो भने गतवर्ष प्‍योङयाङमा भएको शीतकालिन ओलम्पिकमा रुसका १६८ खेलाडीहरुले तटस्थ झण्डामुनि रहेर प्रतियोगितामा भाग लिएका थिए।

यस्तै डोपिङ रोधी उल्लंघनको नियमनको युरोपियन फुटबलको सरकारी निकाय यूएफाको मुख्‍य खेल संगठन मान्‍न तयार छैनन्।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्