गौरिकाले बुबाआमासँग साटिन् यो ऐतिहासिक स्वर्ण वर्षा (१० तस्बिरहरु)

आमाबुबासँग चौथो स्वर्णको खुशी साट्दै गौरिका सिंह। तस्बिरहरु: बर्षा शाह

काठमाडौँ- जारी दक्षिण एसियाली खेलकुदमा एकपछि अर्को गर्दै चार स्वर्णको बर्षा लगाएकी पौडीबाज गौरिका सिंहले जितपछि यो ऐतिहासिक क्षण आमाबुबासँग साझेदारी गरेकी छन्।

तेक्वान्दो खेलाडी दीपक बिष्टले चारवटा सागमा चारवटा स्वर्ण जितेर बनाएको कीर्तिमान गौरिकाले एउटै सागमा हासिल गरेकी छन्।

खेलाडी बिष्टले गौरिकालाई बधाई दिँदै यो नेपाली खेलकुद र नेपाली महिलाका लागि स्वर्णिम पल भएको बताएका छन्।

गौरिकाले सोमबार पौडीको १०० मिटर स्पर्धामा चौथो स्वर्ण हात पारेकी हुन्।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू