काठमाडौंका प्रथम मेयर पीएल सिंहद्वारा काठमाडौं महानगरले दिने सम्‍मान अस्वीकार

काठमाडौं- २०४७ सालको संविधान अन्तर्गत निर्वाचित काठमाडौं नगरपालिकाका प्रथम मेयर पीएल सिंहले काठमाडौं महानगरपालिकाद्वारा दिन लागेको सम्‍मानलाई अस्वीकार गरेका छन्।

मंसीर २९ गते महानगरपालिकाले उनका विभिन्‍न योगदानलाई उच्च मूल्‍यांकन गर्दै सम्‍मान गर्न लागेको जानकारी पाएपछि सिंहले नैतिकता र राजनीतिक मूल्‍य र मान्यताका आधारमा त्यस्तो सम्‍मान आफूलाई अस्वीकार गरेको जानकारी दिएका थिए।

काठमाडौं नगरलाई कुन आधारमा महानगरलाई घोषणा गरियो? महानगरको निर्वाचनमा त्यसका अधिकार र दायित्व संविधानमा सुनिश्‍चित किन गरिएन यी सबै विसंगतिलाई ध्‍यानमा राख्‍दै आफू महानगरपालिकाको सम्‍मान लिन नसक्‍ने जानकारी दिएका थिए।

सिंह २०४७ सालको नेपाल अधिराज्‍यको संविधान अन्तर्गत निर्वाचित काठमाडौंका पहिला मेयर थिए भने वि.सं. २०५६ सालमा आम निर्वाचनमा प्रतिधिनिसभाका सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसको मन्त्रिपरिषद्‌मा वातावरण तथा जनसंख्या मन्त्री बनेका थिए।

यस्तै २०६३ मा वैशाखमा राजाद्वारा राजनीतिक दलहरुको दबाबमा पुनर्स्थापित गरिएको प्रतिनिधिसभामा सपथ लिन नैतिकताले नदिने अडान लिने दुई सदस्‍यमध्‍ये एक थिए पीएल सिंह। अर्का कृष्णप्रसाद भट्टराई थिए।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्