राप्ती नदीमा उत्खनन रोक्न माग गर्दै नदीमै धर्ना !

दाङ- राप्ती गाउँपालिकाले जनताको भावना विपरीत राप्ती नदीमा नदी जन्य वस्तु उत्खनन गर्न ठेक्का लगाएको भन्दै राप्ती गाउँपालिका वडा-१ का स्थानीय बासिन्दा आन्दोलित हुदै नदीमै पुगेर धर्ना दिएका छन्।

वड्कापथ कुलो सिंचाइ आयोजनाको मुहान, अर्घाखाँचीको शितगंगा जोड्ने झोलुङ्गे पुल, भालुबाङ्ग बजार जोगाउन गरिएको तटबन्ध क्षेत्र उत्खननले जोखिममा पर्ने भन्दै स्थानीय आन्दोलित बनेका हुन।

करिब दुई सय ५० जना विरोध प्रदर्शनमा सहभागी भएका छन। सोमबार स्थानीयले नदीजन्य बस्तु ओसार पसारमा संलग्न ट्याक्टर चल्न दिएका छैनन्।

स्थानीयको भावना विपरीत ठेक्का लगाएकाले विरोधमा उत्रिनु परेको स्थानीय गेम बहादुर खड्काले बताए।

यता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सबै प्रकृया पूरा गरेर उत्खननको लागि ठेक्का लागेको र त्यहाँ कुनै जोखिम नरहेको दावी गरे।

मंसिर २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्