आर्सनलको जितबिहीन यात्रा टुंगियो, ९ मिनेटमा तीन गोल

आर्सनलले आफ्नो जितबिहीन यात्रा टुंग्याएको छ । लगातार ९ खेलमा जितबिहीन रहेको आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वेष्टह्याम युनाइटेडलाई पराजित गरेको हो ।

पहिलो हाफमा १–० ले पछि परेको आर्सनलले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो । अन्तरिम प्रशिक्षक फ्रेडी लियोङ्गबर्गको प्रशिक्षणमा आर्सनलले पहिलो जित दर्ता गरेको हो ।

३८ औँ मिनेटमा एन्जेलो ओग्बोनाले गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाति अग्रता दिलाए । पछि परेको आर्सनलका लागि गाब्रिएल मार्तिनेलीले ६० औँ मिनेटमा बराबरी गोल गरे ।

त्यसको ६ मिनेटपछि निकोलास पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि अर्थात टिमका लागि ओग्बोनाले पहिलो गोल गरेको ९ मिनेटपछि पिएर एमरिकले गोल गरे र आर्सनल ३–१ ले विजयी भयो ।

जितपछि १६ खेलबाट २२ अंक जोडेको आर्सनल नवौँ स्थानमा पुगेको छ। १६ अंकसहित वेष्ट ह्याम १६ औँ स्थानमा छ ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्