विजोर नम्बर प्लेटको गाडी भए नचलाउनुस् है, आज जोर मात्रै

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद मंगलबार औपचारिक रुपमा समापन हुँदैछ । मंगलबार बेलुका त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने विशेष कार्याक्रमका बिच साग समापन हुनेछ।
यसलाई लक्षित गरी मंगलबार ट्राफिक व्यवस्थापनका लागि जोर नम्बरका सवारी साधान मात्रै चलाउन पाइने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
विजोर नम्बर प्लेटका सवारी साधन चलाएको पाइएमा कारवाही गरिने पनि प्रहरीले उल्लेख गरेको छ । जोर नम्बरकै भए पनि सकेसम्म निजी सवारी साधानलाई मुख्य भन्दा पनि सहायक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
विदेशी विशिष्ट पाहुना र खेलाडी फर्किने भएका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले विजोर नम्बरका गाडी मात्रै चलाउन भनेको हो । यसअघि मंसिर १५ गते विजोर नम्बका गाडी मात्रै चलाउन दिइएको थियो ।