नवजात शिशु चोरेर काकीलाई दिने स्वास्थ्यकर्मी पक्राउ

पाकिस्तानका एक स्वास्थ्यकर्मीले नवजात शिशु चोरेर आफ्नी एक काकीलाई दिएको खुलेको छ । शिशु चोरेर सन्तान बिहीन आफ्नी एक काकीलाई दिएको अभियोगमा ती स्वास्थ्यकर्मी पक्राउ परेकी छन् ।

बलुचिस्तानको अस्पतालमा जन्मिए लगत्तै बालिकालाई लगिएको थियो । तर ती शिशुका परिवारलाई चोरीबारे पहिले थाहा थिएन, किनकी जुम्ल्याहा बच्चा जन्मिएको बारे कसैले पनि जानकारी गएका थिएनन् ।

तर आमा होसमा आएर आफ्नो अर्को सन्तानबारे सोधेपछि मात्रै बच्चा चोरी भएको खुलेको थियो।

जमिला बिबीका तेवर अब्दुल हामिदले उनलाई गएको बुधबार लोरालाई स्थित अस्पताल लगेका थिए।

अस्पतालले आफूहरुलाई एक बालिका मात्रै दिएको उनले प्रहरी समक्ष बताएका छन् । जमिला बिबी केही दिन अर्धचेत रहिन् । अस्पतालले उनीहरुलाई दिएकी शिशुको मृत्यु भयो ।

तर जमिला होसमा आएपछि उनले आफूले जन्माएको अर्को छोरी खोजिन्, त्यसपछि मात्रै बच्चा चोरी भएको थाहा भएको थियो । शुक्रबार होसमा आएकी उनले आफ्नो अर्को सन्तानबारे सोधेकी थिइन् ।

अब्दुल हामिदले प्रहरीमा उजुरी दिएपछि जमिला बिबी सुत्केरी हुँदाको रात अस्पतालमा ड्यूटीमा रहेकी स्वास्थ्यकर्मीलाई पक्राउ गरी अनुसन्धान थालिएको स्थानीय प्रहरीले बताएको छ ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्