रहेनन् अरुणा लामासँग ‘ए कान्छा मलाई सुनको तारा…’ गाउने रुद्रमणि गुरुङ

काठमाडौँ – दार्जीलिङका नेपाली गायक रुद्रमणि गुरुङको निधन भएको छ । ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो ।

लामो समय दार्जीलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति लोकप्रिय छ ।

अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर बनेका हुन् । सोमबार निधन भएका गायक गुरुङको बुधबार दार्जीलिङ्गमा अन्त्यष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्