वीरगञ्जमा आमाछोरीको शव कुहिएको अवस्थामा भेटियो

वीरगञ्ज – वीरगञ्जमा डेरा गरी बस्दै आएका आमाछोरी मृत अवस्थामा भेटिएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ लक्ष्मणवा स्थित डेरामा बस्दै आएका बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ शिशवा महेशपुर घर भएका पवन साहकी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

डेरा भित्रै आमा–छोरीको शव साँझ कुहिएको अवस्थामा भेटिएको हो । उनीहरु लक्ष्मणवाका मोहन झाको घरमा डेरा गरी बस्दै आएका थिए । घरभित्र दुर्गन्ध फेलिएपछि घरभेटी झाले वडा प्रहरी कार्यालय श्रपिुरमा खबर गरेका थिए ।

खबर पाउने बितिक्कै घटनास्थलमा पुगेको प्रहरीले ताल्चा फोडेर हेर्दा आमा छोरीको शव कुहिएको तथा कपडाभित्र बेरिएर राखिएको अवस्थामा भेटाएको थियो ।

पेन्टिङको काम गर्दै आएका पवन भने फरार रहेका छन् । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्