एडिबी र नेपाल सरकारबिच चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता

काठमाडौँ – एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारबिच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ ।

सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडिबिसँग सम्झौतामा गरेको हो ।

ऋण सहयोग सम्बन्धी उक्त सम्झौतामा मंगलबार एक कार्यक्रम गरी सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबीका देशिय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरे ।

कार्यक्रममा एडिबीका देशिय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदीमा बाढी व्यवस्थापन तथा नदीको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५–५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताए ।

कार्यक्रममा अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताए ।

त्यसमध्ये एडिबिको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने बताउनुभयो । उनले उक्त सडकखण्डको आँबु खैरेनीदेखि पोखरा सम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने समेत बताए ।

अर्थसचिव खनालले सडकको स्तरोन्नती गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पु¥याउने विश्वास गरे । एडिबीले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामीण विकासका लागि सहयोग गर्दै आएको छ ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्