म्यानमारको बचाउमा हेग पुगिन् सुकी

प्रजातन्त्रवादी नेतृको पहिचान बनाएकी म्यानमारकी नेतृ आङ सान सुकी अहिले आम हत्याको अभियोगमा देशको बचाउका लागि अन्तर्राष्ट्रिय अदालतमा प्रस्तुत हुने अवस्थामा पुगेकी छन्।

नोबेल शान्ति पुरस्कार विजेता सुकी रोहिंग्या मुसलमान समुदायमाथि भएको दमन र उनीहरुको आम हत्याको अभियोगमा अन्तर्राष्ट्रिय अदालत हेगमा म्यानमारको बचाउ गर्न प्रस्तुत हुँदै छिन्।

सुकी रोहिंग्यामाथि भएको अत्याचार तथा आम हत्याको अभियोगमा बयानका लागि मंगलबार हेगमा प्रस्तुत हुँदै छिन्।

म्यानमारमाथि रोहिंग्या मुसलमानलाई गम्भीर दमन गरेको तथा उनीहरुको निमर्म तवरले आम हत्या गरेको अभियोग लागेको छ र सो मुद्दाको सुनुवाई अन्तर्राष्ट्रिय अदालत हेगमा हुँदैछ।

बुद्धिस्ट बाहुल्य म्यानमारमा सन् २०१७ मा बुद्धिस्ट तथा सुरक्षा अधिकारीले रोहिंग्याहरुमाथि दमन गरेका थिए । सो हिंसाका कारण सात लाख भन्दा बढी रोहिंग्याहरु छिमेकी देश बंगलादेशमा शरण लिन बाध्य भएका छन् । यस्तै भारत तथा नेपालसम्म पनि बिस्थापित भएका रोहिंग्याहरु आएका छन् ।

सो हिंसामा रखाइन राज्यमा बस्ने धेरै रोहिंग्याहरुको सामूहिक हत्या भएको थियो । तर म्यानमार सरकारले भने आफूले कुनै पनि किसिमको अत्याचार नगरेको र अतिवाद विरुद्ध अभियान मात्रै चलाएको दाबी गर्दै आएको छ ।

तर म्यानमारले आमहत्या गरेको भन्दै अफ्रिकी देश गाम्बियाले अन्तर्राष्ट्रिय अदालत हेगमा यो मुद्दा लगेको हो।

हेगमा सुरुवाति चरणको सुनुवाई तीन दिनसम्म चल्नेछ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू