प्रेममा धोका पाएपछि युवतीले काटिदिइन् प्रेमिको लिङ्ग

सांकेतिक तस्बिर

काठमाडौं- प्रेममा धोका पाएपछि प्रमिकाले युवकको लिङ्ग नै काटिदिएका छन्।

१९ वर्षीया थिङ थरकी युवतीले प्रेमीको लिङ्ग नै काटिदिएको बौद्धका डीएसपी रमेशबहादुर सिंह जानकारी दिएका छन्।

मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीया सुनुवार थरका प्रेमी सख्त घाइते भएका छन्।उनको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ।

डिएसपीका अनुसार प्रेमीको लिङ्ग आधि काटिएको छ भने युवतीको हातमा चोट लागेको छ। यसका साथै प्रेमी क्रिश्‍चियन धर्मका हुन भने प्रेमिका बौद्ध धर्मावलम्बी हुन्। एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच भर्खरै सम्बन्ध विच्छेद गरेका थिए।

उक्त घटनामा संलग्‍न रहेको युवतीलाई प्रहरीले पक्राउ गरेको छ भने उनीमाथि थप अनुसन्धान सुरु गरेको छ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्