प्रहरी दमनको फुटबल फाइनल भइरहेको रंगशालाभित्रै विरोध

तस्बिरहरु: बर्षा शाह

काठमाडौँ-  मंगलबार बिहान नेपाल र भुटानबीच हुन लागेको फाइनल फुटबलको पैसा तिरेर टिकट किन्न आएका दर्शकहरुमाथि प्रहरीको अत्याचारबिरुद्ध दशरथ रंगशालाभित्रै विरोध गरिएको छ। मंगलबार बिहान फुटबल हेर्न पाइने आशामा पैसा तिरेर टिकट किन्न आएका दर्शकहरुमाथि प्रहरीले दमन गरेको थियो।

प्याराफिटमै ठाउँठाउँमा प्रहरी दमन बन्द गर भनी लेखिएका काला रंगका कपडाहरु फहराइरहेका छन्। ‘साग इज नट पुलिस परेड’ भन्दै प्रहरीको विरोध भइरहेको छ।

खेल सकिने दिन प्रहरी दमनले सारा साग नै खल्लो बनाएको भनी प्रहरीको चर्को आलोचना भइरहेको छ। प्रहरी दमनको भिडियो खिच्दै गरेका नागरिक दैनिकका पत्रकार सुमन चापागाईँमाथि प्रहरीका डिएसपी सन्तोषसिंह राठौरले मुक्का प्रहार गरेका थिए। घाइते चापागाईँको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ। चापागाईँमाथि भएको कुटपिटको पत्रकार महासंघलगायत संघसंस्थाले विरोध गरेका छन्।

 

 

 

 

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्