नेपालले स्वर्ण जितेको खुसीयालीमा दशरथ रंगशालामा आतिसबाजी

नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको खुसीयालीमा दशरथ रंगशालामा गरिएको आतिसबाजी । तस्बिर-बर्षा शाह/देश सञ्‍चार

काठमाडौं- नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको खुसीयालीमा दशरथ रंगशालामा आतिसबाजी भएको छ। फुटबल जितेको अवसरमा रंगशालामा आतिसबाजीका साथै पटाका पड्काएर उत्सव मनाइएको थियो।

रंगशालामा नेपाली खेलाडीहरु नेपालको राष्ट्रिय झण्डा ओढेर खुसियाली मनाइरहेका छन्। रंगशालामा खेल हेर्न आउका दर्शकहरुले ‘नेपाल-नेपाल’ भनेर खेलाडीलाई प्रोत्साहन दिइरहेका छन्।

कोही मोबाइल फोनमा खेलाडीहरुको ब्‍याग्राउण्डमा सेल्फी लिइरहेका छन् भने कोही आफैहरु सामूहिक तस्बिर खिचाइरेका छन्।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण हात पारेको हो। नेपालसँगकाे पराजयसँगै भुटान रजत पदकमा सिमित भएको छ।

खेलको १६ औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर भुटानका लागि ३७ औँ मिनेटमा चेन्चो ग्ल्याजेनले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ५३ औँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्।

रंगशालामा केही बेर मै १३औ सागको समापन समारोह सुरु हुँदैछ। समापन समारोहमा नेपाली सेना शसस्त्र प्रहरी र राष्ट्रिय कलाकारहरुले नेपाली सांस्कृति झाँकीसहितको प्रस्तुति दिनेछन्।

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्