सूचना आयोगमा पदाधिकारी सिफारिसविरुद्ध सर्वोच्चमा मुद्दा

फाइल तस्बिर

काठमाडौँ – राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसप्रति सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता विष्णु लुइटेल र सविन पोख्रेलले उपसभामुखको नेतृत्वमा भएको सिफारिस गैरकानुनी भएको भन्दै जिकिर गर्दै बदर गर्न माग गर्दै मंगलबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

सूचनाको हक सम्बन्धी ऐन २०६४ ले सभामुख नेतृत्वको समितिले सिफारिस गर्नुपर्ने उल्लेख भए पनि उपसभामुख डा. शिवमाय तुम्बाहाम्फेले निर्णय गरेको भन्दै बदर गर्न माग गर्दै रिट दायर भएको हो। समितिमा सूचना तथा सञ्चार प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघका सभापति सदस्य रहने व्यवस्था छ।

आइतबार उपसभामुखले बैठक राखेर प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ र आयुक्तहरुमा अधिवक्ता कमला वली र दीपक मैनालीलाई सिफारिस गरेकी थिइन्। उक्त सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गरेको औपचारिक निर्णय सार्वजनिक भएको छैन।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्