११ किलो चरेशसहित एक जना पक्राउ

सांकेतिक तस्बिर

वीरगञ्ज– प्रहरीले ११ किलो ८ सय ग्राम लागुऔषध चरेशसहित वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बस्ने ६० वर्षीय रामबालक वैठा रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१४ गण्डक चोकमा चेकजाँच गर्ने क्रममा बैठालाई उक्त परिमाणको लागुऔषध चरेशसहित पक्राउ गरेको हो।

चरेश लिएर बाराको जितपुरबाट वीरगञ्जतर्फ साइकल चलाएर आउँदै गरेको अवस्थामा पक्राउ परेका बैठालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू