सागको समापनमा ड्रोनबाट आकाशमा देखाइयो आकर्षक आकृति

काठमाडौं- १३औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहमा ड्रोनबाट आकाशमा विभिन्‍न आकृति बनाइएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राति आकाशमा ड्रोनबाट नेपालको नक्सा, राष्ट्रिय झण्डा, भगवान गौतम बुद्धको मुखाकृति, पशुपतिनाथ र १३औ सागको लोगो देखाइएको थियो।

यसअघि नेपाली सेनाले, खुकुरी नाँच र सराय नृत्यमार्फत दर्शकलाई मनोरञ्‍जन गराएथिए। उनीहरुले खड्ग लिएर नाँचगान सहित झाँकी देखाएका थिए।

यस्तै नेपालले पुरुष फुटबलमा भुटानलाई २-१ गोलले हराउँदै स्वर्ण पदक जितेका थिए।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू