सागको भव्य समापनका झलकहरु (फाेटाे फिचर)

काठमाडौँ– नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को मंगलबार एक भव्य समारोहकाबीच समापन गरिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको समापन भएको हो। समापन कार्यक्रममा सहभागि देशका खेलाडीहरुले आ–आफ्नो देशको झण्डाको साथमा मार्चपास गरेका थिए।

एकै सागमा चारवटा स्वर्णपदक जित्ने कीर्तिमान बनाएकी नेपाली पौडीबाज गौरिका सिंहले नेपालको झण्डा बोकेकी थिइन्।

समापनको क्रममा रंगशालामा विभिन्न झाकीँहरु प्रस्तुत गर्नुका साथै आतिसबाजीसमेत गरिएको थियो।

समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ‍ओलीले भिडियाे सन्देश पठाएर सागकाे सफलतापूर्वक सम्पन्न भएकाेमा सबैलाई बधाई तथा धन्यवाद दिएका थिए।

राष्ट्रपति विद्य‌ादेवी भण्डारीले मंसिर १५ गते औपचारिक रुपमा उद्घाटन भएकाे सागकाे मंगरबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पाेखरेलले समापन गरेका थिए।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्