प्रधानमन्त्री ओलीले रात अस्पतालमै बिताउने

प्रधानमन्त्री केपी शर्मा ओली।

काठमाडौं-नियमित डायलासिसका लागि मंगलबार साँझ त्रिवि टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रात अस्पतालमै बिताउने भएका छन्।

मंगलबार साँझ अबेर मनमोहन अस्पताल पुगेका प्रधानमन्त्रीको डायलासिस सुरु भए पनि सकिँदा अबेर राति हुने भएकाले उनी बिहान मात्र वालुवाटार फर्किने जानकारी प्राप्त भएको छ।

हप्ताको तीन पटक डायलासिस गर्नु पर्ने बाध्‍यताका कारण प्रधानमन्त्रीलाई अस्पताल गइराख्‍नु पर्छ। कुनै जटिलता नआए प्रधानमन्त्री बुधबार बिहार अस्पतालबाट वालुवाटार फर्किने छन्।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्