सात सय ६९ अधिकृतको विज्ञापन खुल्यो

काठमाडौँ – लोकसेवा आयोगले सात सय ६९ जना अधिकृतका लागि विज्ञापन खुला गरेको छ।

आयोगले मंगलबार साँझ विभिन्न सेवाका लागि एकैपटक सात सय ६९ अधिकृतको विज्ञापन गरेको हो।

आयोगका अनुसार इच्छुक व्यक्तिले पुस १५ गतेसम्म सामान्य र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म आवेदन दिन सक्नेछ।

आयोगले अधिकृतका लागि एक हजार र समावेशी समूहतर्फ पनि आवेदन दिन चाहनेले थप चार सय रुपैयाँ तिर्नुपर्नेछ जनाएको छ।

आयोगले प्रशासनमा तीन सय ९२, कानुन, न्याय तथा सरकारी वकिल तर्फ दुई सय ५५ जना, राजश्वमा ४९, लेखा परीक्षणमा २९, लेखामा २३, संसदमा १८ जना अधिकृतका लागि विज्ञापन गरेको छ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्