प्रधानसेनापतिका दाबेदार शर्माले बुझाए सम्पत्ति विवरण

प्रभुराम शर्मा। फाइल तस्बिर।

नेपाली सेनाको प्रधान सेनापतिको रोलक्रममा रहेका उपरथी प्रभुराम शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक पारदर्शिताका लागि भन्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही अधिकारीहरुले पनि विवरण सार्वजनिक गरेका हुन्।

थापापछि प्रधानसेनापतिका दाबेदार शर्मा मानिन्छन्।

उनको सम्पत्ति विवरणअनुसार काठमाडौँ नागार्जुनमा ६ आनामा साढे दुईतले घर रहेको छ भने करिब २० रोपनी जग्गा छ। काठमाडौँका स्थानीयवासी शर्माले साढे १३ तोला सुन, विभिन्न बै‌ैकमा १९ लाख रुपैयाँ र ४७ हजार अमेरिकी डलर रहेको विवरण सार्वजनिक गरेका छन्।

उनीसँग सम्पत्ति विवरण गर्ने जर्नेलहरुको संख्या चार पुगेको छ।

मंसिर २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्