च्याम्पियन्स लिग फुटबल

२ मिनेटमा २ गोल, लिभरपुल बन्यो समूह विजेता

साबिक विजेता लिभरपुल समूह विजेताका रुपमा यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको अन्तिम खेलमा रेड बुल सल्जबर्गलाई पराजित गरेर लिभरपुल समूह ई को विजेता बनेको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले सल्जबर्गलाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा लिभरपुलले दुई गोल गरेको हो ।

लिभरपुलका लागि ५७ औँ मिनेटमा नेबी केइता र त्यसको एक मिनेटपछि मोहम्मद सालहले गोल गरेका हुन्।

दुई मिनेटभित्र दुई गोल गरेर जित निकालेको लिभरपुल ६ खेलबाट १३ अंकसहित समूह विजेता बन्यो । सोही समूहको अर्को खेलमा नापोलीले केआरकी गेन्कलाई ४–० ले पराजित गरेको छ । १२ अंकसहित नापोली समूह उपविजेता बनेको छ ।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्