ह्वाइट आइल्याण्ड ज्वालामुखी सक्रिय, बेपत्ताको खोजीमा अवरोध

न्युजिल्याण्डको ह्वाइट आइल्याण्ड ज्वालामुखीमा निरन्तर सक्रिय रहेको छ । भूगर्भिक गतिविधि सक्रिय हुँदा बेपत्ताहरुको खोजी कार्यमा असर गरेको छ ।

बेपत्ता रहेको ८ जनाको खोजीमा संलग्नहरु आफ्नो कार्य रोक्न बाध्य भएका छन् ज्वालामुखीजन्य गतिविधि सक्रिय रहेका कारण ।
न्युजिल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अरु ८ जना हराइरहेका छन् ।

न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी सोमबार बिस्फोट भएको हो । बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक हुन् ।

३४ जनाको सो क्षेत्रबाट सकुशल उद्धार गरिएको छ । २५ जना अहिले पनि अस्पतालमा छन्, उनीहरुको उपचार जारी रहेको जनाइएको छ । बेपत्ता रहेका ८ जनालाई जीवितै उद्धार गर्न सक्ने सम्भावना सकिएको अधिकारीले बताएका छन् ।

व्हाकारी समेत भनिने ह्वाइट आइल्याण्ड नर्थ आइल्याण्डको तटीय क्षेत्रमा पर्छ । यो न्युजिल्याण्डको सक्रिय ज्वालामुखी मध्ये एक हो ।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्