स्यालको टोकाइबाट सातजना विद्यार्थी घाइते

पर्सा-पर्साको पटेर्वा सुगौली गाउपालिकामा स्यालको टोकाईबाट ७ जना विद्यार्थी घाईते भएका छन्।

स्यालको टोकाईबाट पटेर्वा सुगौली गाउपालिका वडा नम्बर २ मा रहेको नेरामाबिमा अध्यनरत विद्यार्थी चोकट माझी, कृष्ण राउत रामप्रबेश सहनी,लाली कुमारी घाइते भएका हुन।

स्यालको टोकाइबाट घाईते भएका अन्य ३ जना विद्यार्थीहरुको परिचय खुल्न सकेको छैन।

विद्यालयमा पढन जाने क्रममा उनीहरुलाई मँगलबार साँझ र बुधबार बिहान स्यालले टोकेर घाईते बनाएको वडा नम्बर ३ का वडाध्यक्ष माधव राउत थारुले जानकारी दिए।

स्यालको टोकाइबाट घाइते भएका विद्यार्थीहरुलाई उपचारको लागि नारायणी अस्पतालमा ल्याइएको छ।

अहिले उक्त क्षेत्रमा प्रहरी चौकी रंगपुरबाट प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरवारले बताए।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्