स्राेत नखुलेकाे १३ लाख रुपैयाँसहित बाबु–छाेरा पक्राउ

सांकेतिक तस्बिर

नेपालगञ्ज – प्रहरीले १३ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

नेपालगञ्ज–२, घरबारी टोलका विनोदकुमार सोनी र सौरव सोनीलाई स्रोत नखुलेको आशंकामा १३ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज दीपक मल्ले जानकारी दिए।

पक्राउ परेका उनीहरु बाबुछोरा हुन्। प्रहरीलाई देखेपछि उनीहरुले आत्तिएर तीन लाख रुपैयाँ फालेपछि शंका लागेर जाँच गरिएको थियो। पछि विनोदको साथबाट चार र सौरवको साथबाट ६ लाख बरामद भएको थियो।

मुद्दाफाँटका इन्चार्ज प्रहरी निरीक्षक मल्लले दुवैलाई जिल्ला प्रहरी कार्यालयमा लगेर अनुसन्धान गरिरहेको जानकारी दिए।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्