शाहिद कपूरकाे ‘कबिर सिंह’ गुगलमा सर्वाधिक खोजी हुने चलचित्र

एजेन्सी– गुगल इण्डियाले बुधबार सन् २०१९ मा भारतमा सर्वाधिक सर्च भएका चलचित्रको सूची सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएका टप–१० चलचित्रमा सातवटा बलिउडका चलचित्र परेका छन् भने तीन वटा हलिउड चलचित्र छन्।

उक्त सूचीको पहिलो नम्बरमा शाहिद कपूर र कियारा आडवाणीको मूख्य अभिनय रहेको बलिउड चलचित्र ‘कबिर सिंह’ छ। ‘कबिर सिंह’ तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक हो। जसको निर्देशन सन्दीप रेड्डी वांगाले गरेका हुन्।

‘कबिर सिंह’ भारतीय बक्सअफिसमा सन् २०१९ मा सर्वाधिक कमाई गर्ने चलचित्रको दोस्रो नम्बरमा छ। जुन् २१ मा रिलिज भएको चलचित्रले कबिर २ सय ७८ करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको थियो।

‘कबिर सिंह’ पछि उक्त सूचीको दोस्रो, तेस्रो र चौथो स्थान भने हलिउड चलचित्रले ओगटेका छन्। हलिउड चलचित्र ‘एभेन्जर्सः एण्डगेम’ दोस्रो, ‘जोकर’ तेस्रो र ‘क्याप्टेन मार्वल’ चौथो स्थानमा छन्।

यस्तै बाँकी पाँचौ नम्बरदेखि १० औँ नम्बरसम्म भने सबै बलिउड चलचित्र रहेका छन्।

पाँचाैँ नम्बरमा ऋतिक रोशनको ‘सुपर ३०’, छैठौँमा अक्षय कुमारको ‘मिशन मंगल’, सौतौँमा रणवीर सिंह र आलिया भटको अभिनय रहेको चलचित्र ‘गली व्याय’, आठौँमा ऋतिक र टाइगर श्राफको ‘वार’, नवौमा अक्षय कुमारकै ‘हाउसफुल ४’ र १० औँ नम्बरमा विक्की कौशलको अभिनय रहेको चलचित्र ‘उरीः द सर्जिकल स्ट्राइक’ रहेको छन्।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्