सागमा पदक जित्ने खेलाडीलाई प्रदेश–१ सरकारले नगदसहित सम्मान गर्ने

काठमाडाैँ– प्रदेश एक सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा प्रदेश–१ बाट पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ।

सो क्रममा सागमा स्वर्ण पदक विजेता खेलाडीलाई तीन लाख, रजत विजेतालाई दुई लाख र कास्य पदक विजेतालाई एक लाख नगदसहित सम्मान गर्ने मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिए।

मंसिर २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्