काठमाडौँ – उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि बिहीबार सार्वजनिक बिदा दिइएको छैन।

किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेका बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिएका हुन् ।

सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाई छ।

मंसिर २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्