टिपर दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्‍यो

फाइल फोटो

सिमकोट- टिपर दुर्घटना परी मृत्यु तथा घाइते हुनेको नाम खुलेको छ।

चालकसहित अन्य तीन जना यात्रु र सामान बोकेर आएको टिपर नाम्खा गाउँपालिकाको वडा-५ को तुम्कोट भिरमा खस्दा यस्तो मानबीय क्षेती भएको हो।

हिल्साबाट याल्वाङका लागि आएको टिपर तुम्कोट भिरमा खस्दा नाम्खा गाउँपालिका वडा नम्बर १ हेक्पाकी बर्ष २५ का सोनाम मिगुर लामा र ४ निवासी बर्ष अन्दाजी ३२ का साम्देन लामा मृत्यु भएको छ।

गाडी चालक सिन्धुपाल्चोक मेलाम्ची नगर पालिकाका फुलमान तामाङ र नाम्खा १ की सोमान छेजुङ लामा घाईते भएको निमित्त प्रहरी नायव उपरिक्षक राजेन्द्र बहादुर सिंहले बताए।

घाइते मध्य लामाको अबस्था चिन्ताजनक रहेको र ड्राइभर सामान्य अबस्थामा रहेका छन्। घाइतेहरुको प्राथमिक उपचार मुचु स्वास्थ्य चौकीमा भइ रहेको छ। तुम्कोट भिरमा टिपर सातदेखि आठ सय मिटर तल खसेको छ।

सो क्षेत्र तुम्कोट गाउँबाट एक घण्टा पैदल लाग्ने गर्छ। यसका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।टिपरमा रहेको इन्धन दैनिक उपभोग्य सामान सबै छरपुष्ट रुपमा छरिएको छ।

घाइतेको थप उपचारका लागि गृह मन्त्रालयसंग कुरा हुँदा हेलिकोप्टर व्‍यवस्था भएपनि खराव मौसम कारण बिहीबार हेलिकोप्टर आउने संभावना नभएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए।

मंसिर २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्