सुनको मूल्य तोलामा चार सय घट्यो

काठमाडौँ – सुनको मूल्य शुक्रबार घटेको छ। बिहीबार तोलामा ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार चार सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।

मंसिर २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्