महायज्ञको प्रसाद ग्रहण गर्दागर्दै एकजनाको मृत्यु

धनगढी – महायज्ञको प्रसाद ग्रहण गर्दागर्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरका सह–कोषाध्यक्ष ललितराज रेग्मीको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ कुण्डाको गोरखनाथ माध्यमिक विद्यालयले आयोजना गरेको कुण्डेश्वर धार्मिक ज्ञान महायज्ञमा प्रसाद ग्रहण गर्ने क्रममा रेग्मी ढलेर बेहोस भएका थिए ।

बेहोस भए लगत्तै उपचारका लागि स्थानीय श्रीपुर स्वास्थ्य चौकी लैजाने क्रममा रेग्मीको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर गुरुङले बताए । मृत्युको कारण भने खुलेको छैन ।

रेग्मीको मृत्यु अघि प्रमुख कथा वाचक अच्युत शरण महाराज धितालले उनलाई प्रसादसहित दोसल्लाले सम्मानित गरेका थिए । रेग्मीको ह्रदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

मंसिर २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्