फोटो फिचर

साग विजेता खेलाडीलाई नगर परिक्रमा

शुक्रबार १३औ सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगरपरिक्रमा गराउँदै। उनीहरुलाई र्‍याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारी र पुन: सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्राङ्गणमा आएर समापन गरिएको थियो। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं-१३औ दक्षिण एसियाली खेलकुद( साग)मा स्वर्ण, रजत र काँस्य पदक जित्‍ने सबै खेलाडीलाई नगर परिक्रमा गराइएको छ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्‌को अगुवाइमा  काठमाडौंको दशरथ रंगशालाबाट भक्तपुरसम्‍म नगर परिक्रमा गराएको हो।

नगर परिक्रमाका क्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको नाँचगान टोलीले झाँकी र्‍यालीसहित खेलाडिहरुलाई साथ दिएका थिए।

र्‍याली न्यूरोड, इन्द्र चोक, रत्‍नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुगेर फेरि सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्राङ्गणमा आएर समापन गरिएको थियो।

१३औं सागमा नेपालले ५१ स्वर्ण जितेको थियो। देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले आफ्नो क्यामेरामा कैद गरेका छन्।

मंसिर २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्