युनेस्कोको सांस्कृतिक सूचिमा समेटियो थाइ मालिस

थाइल्याण्डमा परम्परागत रुपमा गरिँदै आएको मालिस (मसाज) युनेस्कोको सम्पदा सूचिमा समावेश भएको छ । ‘ब्याक–क्र्याकिङ्ग’ थाइ मसाजलाई युनेस्कोले सम्पदा सूचिमा समावेश गरेको हो ।
नुएड थाइ नाम रहेको सो मसाजलाई युनेस्काले अमूर्त मानवीय सांस्कृतिक सम्पदाका रुपमा सूचिकृत गरेको हो । युनेस्कोले अमूर्त सम्पदाको सूचिमा परम्परादेखि पुस्तादेखि पुस्तामा हस्तान्तरण हुँदै आएका परम्परा तथा प्रयासहरुलाई राख्ने गरेको छ ।
सूचिमा समावेश गरिएसँगै थाइ मसाजलाई भावि पुस्ताका लागि संरक्षण गरेर रादिनु पर्ने सम्पदाको मान्यता प्राप्त भएको छ । शिक्षा, संस्कृति र विज्ञान सम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था (युनेस्को) को अन्तरगतको अमूर्त सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचि भन्दा फरक हो ।
विश्व सम्पदा सूचिमा भौतिक संरचना र क्षेत्रहरु सूचिकृत हुने गरेका छन् । अहिले विश्वका १२७ देशका ५५० संस्कृति, परम्परा, सांस्कृतिक भवन तथा प्राकृतिक–सांस्कृतिक क्षेत्रहरु युनेस्कोका तीन भिन्न सूचिमा गरी सूचिकृत छन् ।
हरेक वर्ष युनेस्कोको बैठकले सूचिमा राखिने थप क्षेत्र या संस्कृतिबारे निर्णय गर्छ । यो वर्ष कोलम्बियाको बोगोटामा बसेको बैठकले थाइ मसाजलाई सूचिकृत गरेको हो ।