एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

काठमाडौँ – एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ ।

राउत तेस्रो हप्ताको विजयी ग्राहकहरु मभ्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयीहरु ग्राहकहरु मध्येका एक हुन् ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन् ।

राउत र थापालाई बिहीबार एक कार्यक्रम माझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो । दोस्रो हप्ताका पाँच जना विजयी मध्ये एक जना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको थियो । उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत प्रक्रिया पुर्याई थापा नयाँ विजयी ग्राहकका रुपमा छानिइकी थिइन् ।

तेश्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकहरु मध्ये एक यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएका छन् । त्यसैगरी तीन जना प्रमाणिकरण प्रक्रियामा रहेका छन् । अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता एक नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ ।

यस योजना अन्तर्गत पहिलो र दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका ग्राहकलाई एनसेलले काठमाडौं वा काठमाडौं बाहिर ग्राहकलाई सजिलो पर्ने स्थानबाट पुरस्कार हस्तान्तरण गर्नेछ । दोस्रो हप्ताका विजयी मध्येका दुई र पहिलो हप्ताका भाग्यशाली पाँच ग्राहक मध्येका एक विजयीलाई चाँडै नगद पुरस्कार हस्तान्तरण गरिने छ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ ।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्