पूर्वराजा ज्ञानेन्द्र शाह केही साताको भ्रमणका लागि पूर्व जाने

फाइल तस्बिर

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह देश भ्रमणको क्रममा केही दिनका लागि पूर्व क्षेत्र जाने भएका छन् । पूर्वराजा शाह आउँदे पुस २ गते झापा जाने भएका छन् ।

केही साताको बसाईको क्रममा उनी पूर्व क्षेत्रका जिल्लाहरुको भ्रमणमा जाने उनका प्रेस सल्लाहकार डा. फणि पाठकले जनाए ।

पूर्वाञ्चालका विभिन्न जिल्लाको भ्रमणको क्रममा उनले केही धार्मिकस्थल र मन्दिरहरुमा दर्शन तथा पूजा गर्नुका साथै आमनागरिकसँग भेटघाट गर्ने बुझिएको छ ।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्