धनुषा विस्फोटः गृहमन्त्री बादलद्वारा दुःख व्यक्त

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले धुनषामा शुक्रबार राति बम विस्फोट हुँदा तीनजनाको मृत्यु घएको घटनामा दुःख व्यक्त गरेका छन् । उनले विस्फोटको घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याई छाड्ने प्रतिवद्धता जनाएका छन् ।

‘धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गयराति भएको विष्फोटमा परि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु’, गृहमन्त्रीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्