नेकपाको सचिवालय बैठक दिउँसो ३ बजे बस्ने

फाइल तस्बिर

काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक शनिबार बस्दैछ । बैठक दिउँसो तीन बजेपछिका लागि बोलाइएको हो ।

शुक्रबार बस्ने भनिएको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी कमिटिमा पेश गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएको भन्दै शनिबार दिउँसो ३ बजेका लागि सारिएको हो ।

नेकपाको स्थायी कमिटि बैठक आइतबार बस्ने छ । सो बैठकमा पेश गर्ने प्रतिवेदन अध्यक्ष प्रचण्डले तयार पारेका छन् ।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्