यसरी उत्पादन गरिँदैछ क्षतिपूर्ति स्वरुप रोपिने बिरुवा
फोटो फिचर
समानुपातिक
समानुपातिक
समानुपातिक
समानुपातिक
समानुपातिक
समानुपातिक
फोटो फिचर
काठमाडौँ–तराई मधेस द्रूत मार्गमा परेका ३८ हजार रुख काट्ने क्रम अन्तिम चरणमा पुगेको छ।
विसं २०८१ को वैशाखसम्म निर्माण सम्पन्न गरिने सो मार्ग निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ र उसले रुख काट्ने काम ९६ प्रतिशत सम्पन्न भएको जनाएको छ ।
द्रूत मार्ग निर्माणकै बेला काटिएका रुखको क्षतिपूर्तिका लागि एक बराबर २५ वटा बिरुवा रोप्ने सहमति भएको थियो । यसअनुसार ९ लाख ५० हजार बिरुवा रोपिनु पर्छ । सोही अनुरुप रोपिने बिरुवाको तयारी पनि नर्सरी नै स्थापना गरेर गरिएको छ ।
पर्यावरण संरक्षणका लागि सेनाले ‘ग्रो ग्रिन’ अभियान चलाइरहेको छ । सोही अन्तर्गत सेनाले मकवानपुरको राजदमार र बाराको निजगढ क्याम्पमा बिरुवा उत्पादनका लागि नर्सरी बनाएको हो । राजदमारमा गुणस्तर परीक्षण प्रयोगशाला पनि छ ।
दुई ठाउँमा रहेका नर्सरीमा १ लाख ८० हजार बिरुवा उत्पादन भइसकेको छ । खयर, सिसौ, सिमल, टिक, ईपिललिपी, साल, बेल तथा अमला प्रजातिका बिरुवा तयार भइरहेको सेनाले जनाएको छ ।
भिडियाे :