धनुषा विस्फोट

‘प्रहरीको गम्भीर गल्तीले गयो तीनजनाको ज्यान’, मिटर ब्याजका कारोबारी थिए साह

बम बिस्फोट भएको धनुषाको महेन्द्रगरस्थित घटनास्थलमा जम्मा भएका स्थानीय बासिन्दा । तस्बिरहरु : राजा झा/देश सञ्चार

जनकपुरधाम – धनुषामा शुक्रबार राति भएको बम विस्फोटको घटनामा प्रहरीले साबधानी नअपनाउँदा ठूलो क्षति भएको खुलेको छ ।

शंकास्पद बस्तु बम हुन सक्ने सूचना आएपछि प्रहरी घटनास्थल पुगेको थियो । तर प्रहरीले केही होइन भन्दै झोला चलाएलगत्तै शक्तिशाली विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सामान्यतया शंकास्पद बस्तु बम हुन सक्ने भन्दै डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइन्छ । तर घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज अमिरकुमार दाहालले ‘केही होइन’ भन्दै झोलामा छोएलगत्तै विस्फोट भएको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रहरीले शंकास्पद बस्तु फेला परेपछि सेनाको डिस्पोजल टोली किन मगाएन?–घटनास्थलमा खटिएका प्रहरी सहायक निरीक्षक मोहम्मद मुस्तफा भन्छन् ‘सुरुमा बम हो कि होइन भन्ने पत्ता लगाउन प्रहरी टोली पुगेको थियो, कुरा बुझ्ने क्रममा नै विस्फोट भैहाल्यो ।’

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित राजेश साहको निर्माणाधीन घरमा विस्फोट हुँदा तीनजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा प्रहरी निरीक्षक दाहाल, घरधनी साहसहित उनका छोरा आनन्द रहेका छन् ।

पेसाले मेडिकल व्यवसायी रहेका साह मिटर ब्याजमा संलग्न रहेको स्थानीय बताउँछन् । मिटर ब्याजकै कारण साहको घरमा बम राखिएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू