उत्तर कोरियाले फेरि गर्‍यो ‘अति महत्वपूर्ण’ परमाणु परीक्षण

उत्तर कोरियाले अति महत्वपूर्ण मिसाइल परीक्षण गरेको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ।

परमाणु परीक्षण क्षेत्रबाट देशको परमामणु क्षमता बिस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको उत्तर कोरियाका सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएनले उल्लेख गरेको छ ।

गएको शुक्रबार सोहाए परमाणु परीक्षण क्षेत्रबाट परीक्षण गरेको जनाइए पनि त्यसबारे विस्तृत विवरण भने खुलाइएको छैन ।

एक हप्ता भन्दा कम समयमा उत्तर कोरियाले सोहाएबाट दुईवटा परीक्षण गरेको हो। अमेरिका र उत्तर कोरियाबिचको परमाणु वार्ता अहिले रोकिएको छ ।

मंसिर २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्