ह्वाइट आइल्याण्ड ज्वालामुखी बिस्फोटः ज्यान गुमाउनेको संख्या १६ पुग्यो

न्युजिल्याण्डको ह्वाइट आइल्याण्ड ज्वालामुखी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

गम्भीर अवस्थामा उद्धार गरिएका एक व्यक्तिको उपचारको क्रममा आइतबार निधन भएसँगै ज्यान गुमाउनेको आधिकारिक तथ्यांक १६ पुगेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ । अझै दुईजना बेपत्ता रहेका छन् । उनीहरुलाई पनि जीवितै उद्धार गर्ने सम्भावना नरहेको जनाइएको छ ।

बेपत्ता भएका मध्ये ६ जनाको यसअघि नै शव फेला पारेका खोजीकर्ताले बाँकी दुईजनाको अवस्था थाहा पाउन प्रयास जारी रहेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ । ज्वालामुखी निरन्तर सक्रिय रहँदा खोजी कार्यमा समस्या भएको थियो । तर खोजीकर्ताले अति जोखिमपूर्ण खोजी अभियान अन्तर्गत ६ जनाको शव निकालेका थिए ।

न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा रहेको ज्वालामुखी गएको सोमबार बिस्फोट भएको हो । बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक हुन् ।

व्हाकारी समेत भनिने ह्वाइट आइल्याण्ड नर्थ आइल्याण्डको तटीय क्षेत्रमा पर्छ । यो न्युजिल्याण्डको सक्रिय ज्वालामुखी मध्ये एक हो ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्