नेपाली टोलीमाथी जापानको लिग टोलीको दबदबा, मनाङ मर्स्याङ्दी पनि निराश

काठमाडौ‌ं- मैत्रिपुर्ण फुटबल खेल्न आएको जापानीज लिग फुटबल-जेएफएलले दोस्रो तथा अन्तिम खेलमा आइतबार नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीलाई ३-० गोलले हराएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जेएफएलका जीन सिद्याले २ र मासाहिको सुगिताले एक गोल गरे। यसअघि पहिलो खेलमा जेएफएलले नेपाल निलोलाई ४-० गोलले हराएको थियो।

जापानको लिगका विभिन्न श्रेणीमा खेल्ने खेलाडीहरु यस जेएफएलमा रहेको अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्