जडिबुटी खोज्न गएका १० जना हिमपातले सम्पर्कबिहीन

काठमाडौ‌ं- जुम्लामा लगातारको बाक्लो हिमपातका कारण जडिबुटी खोज्न गएका १० जना  सम्पर्कबिहिन भएका छन्।

प्रहरीका अनुसार सम्पर्कविहिन भएकामा तिला गाउँपालिका-९ का धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका छन्।

तिला-९ का वडाध्यक्ष शेरबहादुर बोहोराले  स्थानीय शेरा फूलबारी पाटनमा जडिबुटी संकलन गर्न गएकाहरु सम्पर्कविहिन भएको जानकारी दिए। उनले तत्काल उद्धारका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको बताए।

यसबीच हिमपातका कारण एक खच्चर गुवालाको ज्यान गएको छ। शेरा फुलबारी पाटनबाट फर्कँदै गर्दा तिला-९ का बीनबहादुर बोहोराको ज्यान गएको जनाइएको छ।

 

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्