भन्सार छलेर ल्याइएका समान र टेम्पोसहित दुई भारतीय पक्राउ

पर्सा- पाँच लाख बराबरको सामान भारतबाट भन्सार छली ल्याइएको समान र टेम्पोसहित दुईजना भारतीय पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना दार्पा ग्राम पुरैनिया वडा नम्बर ७ बस्ने ३२ बर्षिय सुरेश साह र २१ बर्षिय सन्त कुमार साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी दक्षिण झिटकैयाबाट खटिएको प्रहरी टोलीले बाराको देवताल गाउपालिका वडा नम्बर १ स्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई भरातबाट ल्याउदै गरेको अबैध सामानसहित पक्राउ गरेको हो।

भारतबाट भन्सार छली नम्बर उल्लेख नभएको अन टेष्ट भारतिय अटोमा लुकाई छिपाई ल्याएको २ लाख बराबरको विभिन्न सामान तथा ३ लाख मुल्य पर्ने टेम्पोसहित पक्राउ परेका दुबैजनालाइ आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

साढे २ लाखको छोहडा बरामद


२ लाख ५४ हजारको अवैध छोहडा बारा प्रहरीले वरामद गरेको छ। प्रहरीले बारा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर १ स्थित सडकमा चेकजाँचको क्रममा २ लाख ५४ हजार १६ रुपैया बराबरको अबैध छोहडा बरामद गरेको हो।

ना ३ च १६०८ नम्बरको पिकप गाडीमा लोड गरीएको अवस्थामा उक्त परिमाणको अवैध छोहडा बरामद गरिएको बारा प्रहरीले जनाएको छ।

वरामद छोहडा तथा पिकप गाडी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग राजश्व कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्