जनकपुरधाममा पनि शंकास्पद वस्तु फेला

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेलापरेपछि शसस्त्रको टवली निरीक्षण गर्दै। तस्बिर-राजा झा/देश सञ्‍चार

जनकपुरधाम- जनकपुरधाममा शंकास्पद वस्तु फेला परेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति करिब ९ बजे फेला परेको हो।

शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ।

प्रहरीले त्यस क्षेत्रमा घेरा दिएर सर्वसाधारणलाई प्रवेश गर्नमा रोक लगाएको छ।

मंसिर २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्