केविन डी ब्राउन चम्किए, स्ट्रर्लिङ्गले साथ दिए

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ ।

लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम सिटीले आर्सनललाई ३–० ले पराजित गरेको हो । सिटीको जितमा केविन डी ब्राउनको भूमिका महत्वपूर्ण रह्यो । उनले दुई गोल गरे । यस्तै रहीम स्ट्रर्लिङ्गले एक गोल गरेका हुन् । तीनै गोल पहिलो हाफमा नै भएको हो ।

डी ब्राउनले दोस्रो मिनेटमा नै गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । १५ औँ मिनेटमा स्ट्रर्लिङ्गले गोल गरेर अग्रता दोब्बर पारे । ४० औँ मिनेटमा डी ब्राउनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पहिलो हाफमै ३–० को अग्रता लियो । दोस्रो हाफबाट दुवै तर्फबाट गोल हुन सकेन र म्यानचेस्टर सिटी ३–० ले विजयी भयो ।

जितपछि तेस्रो स्थानको सिटीको १७ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानको लेस्टर भन्दा चार तथा शीर्ष स्थानको लिभरपुल भन्दा १४ अंकले पछि रहेको छ म्यानचेस्टर सिटी । पराजित भएको आर्सनल भने १७ खेलबाट २२ अंकसहित नवौँ स्थानमा छ ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्