नेकपाको स्थायी कमिटि बैठकमा सदस्यहरुले बोल्ने क्रम जारी

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक धुम्बाराहीमा जारी छन् । पार्टी केन्द्रीय कार्यालयमा नेकपाको स्थायी समिति बैठक आइतबारदेखि सुरु भएको हो ।

जारी बैठकमा स्थायी कमिटि सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन्।

आइतबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन तथा अरु चारवटा एजेण्डामा सदस्यहरुले आफ्नो विचार प्रस्तुत गर्ने क्रम चलिरहेको छ । नेकपाको स्थायी कमिटि बैठक आइतबार एक वर्षपछि सुरु भएको हो ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्