चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानसहित हुने

काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति निधन भएको हो ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेपछि चलचित्र विकास बोर्डको कार्यालय चावहिलमा राखिने छ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने जनाइएको छ ।

५२ वर्षका उनको हृदयघातका कारण निधन भएको ओम अस्पतालले जनाएको छ । टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गरेका भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट, यात्रा सहितका चलचित्रको निर्माण समेत गरेका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि कलाकार दीपक क्षेत्रीको पार्थिव शरीर पनि राखिने छ । कलाकार क्षेत्री गएको शनिबार मृत अवस्थामा आफ्नै घरमा फेला परेका थिए ।

क्षेत्रीको पनि सोमबार नै अन्त्येष्टि हुनेछ।

मंसिर ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्